एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा खराबी देखिएको छ । दुई पटक मृगौलाको प्रत्यारोपण गरेका ओलीलाई रुघाखोकी र हल्का ज्वोरो देखिएको बताइएको छ ।

अस्वास्थाकै कारण विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दागर्दै अध्यक्ष ओलीले बिचैमा अन्त्य गरेका थिए । उनलाई केहिदिन यता रोघाखोकी लागेको जनाइएको छ । उनले आफूलाई रुघाखोकी लागेर असहज महसुस भएको भन्दै मञ्चमा बोल्दाबोल्दै बिचमै रोकिएका थिए ।

कार्यक्रममा बोल्दाबोल्दै ओलीले पार्टीका नेता शंकर पोखरेल खोजेका थिए । अस्वस्थाताका कारण उनले आफ्नो कुराहरु राख्न शंकर पोखरेललाई खोजेका हुन् । अहिले ओलीले आराम गरिरहेका छन् ।

‘भन्नुपर्ने अझै धेरै छ तर मलाई आज रुघाखोकीले अलिअलि सताएको हुँदा मेरो सट्टामा बोल्नका लागि शंकर पोखरेललाई भनेको छु ।’ कार्यक्रममा बोल्दाबोल्दै उनले भने ।

झण्डै ६ हजार सहभागी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

एमालेको प्रथम विधान महाधिवेशनमा बोल्दै उनले सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।

उनले नेकपा नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने फैसला गरेपछिको अवस्थामा यो एकीकृत पार्टीको प्रथम विधान महाधिवेशन भएको उनले बताए ।