प्रभु साहले गरे एमाले विधान महाधिवेशन बहिस्कार
काठमाडौं- नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमै बसेका नेता प्रभु साहले एमालेको विधान महाधिवेशन बहिस्कार गरेका छन् । पुरानै नेकपाको निरन्तरता नभए एमालेमा नबस्ने बताएका शाहले महाधिवेशन बहिस्कार गरेका हुन् ।
नेता शाहले एमालेको विधान महाधिवेशन आफ्ना मागहरु पूरा नभएको भन्दै बहिस्कार गरेका हुन् । यसअघि उनले एमाले तत्कालीन नेकपाकै निरन्तरताका रुपमा अगाडि बढाउनु पर्ने माग राखेका थिए ।
त्यसअघि उनले आफ्नो नेतृत्वमा आइटी आर्मी बनाएका थिए । यो आइटी आर्मीलाई पनि नेकपा एमालेले वैधानिकता दिनु पर्ने उनको माग थियो । तर, यसलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नगरेको आरोप उनले लगाएका छन् ।
आफ्ना माग पूरा नभएकाले विधान महाधिवेशनमा उनी सहभागी भएका छैनन् । यसअघि साहले छुट्टै पार्टी खोल्ने वा नयाँ अभियान सुरु गर्ने चर्चा भएको थियो । उनी महाधिवेशनमा सहभागी नभएपछि यो अड्कललाई थप बल पुगेको छ ।