एमालेमा बादलको बरियता घटाइयो - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

एमालेमा बादलको बरियता घटाइयो



काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको वरियता घटेको छ । यसअघि मर्यादाक्रममा माथी भएका बादल अहिले भने तल परेका छन् ।

बादलको मर्यादाक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल पारिएको छ । प्रदेशको इन्चार्ज समेत रहेका बादल बिहिबार गठित बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीमा शाक्यभन्दा तल परेका छन् ।

पार्टीले ओलीपछिको सहअध्यक्ष बनाउने भनिएका प्रदेश इञ्चार्ज बादललाई शाक्यभन्दा तलको बरियतामा राखिएको हो ।४ सय ७७ सदस्यीय बाग्मती प्रदेश महाधिवेशन आयोजक कमिटीमा बादल इञ्चार्जसहित दोस्रो वरियतामा रहँदा शाक्यलाई सबैभन्दा माथि राखिएको छ ।

अध्यक्ष र सचिवको जिम्मेवारी क्रमश: आनन्द पोखरेल र खेम लोहनीलाई दिइएको छ । एमालेमा १० बुँदे सहमति कार्यान्वयन हुँदा प्रदेशको इञ्चार्ज शाक्य हुनुपर्ने हो । तर, बादललाई इञ्चार्ज यथावत राख्न शाक्यलाई उपल्लो वरियतामा राखिएको बताइएको छ ।

पूर्वमाओवादी नेता बादल सर्वोच्चले पार्टी यथाबत गर्ने फैसला गरेपछि एमालेमा बसेका थिए ।माओवादी जनयुद्धताका सैन्य रणनीतिकारको रुपमा रहेका बादल एमाले-माओवादी एकतापछि बनेको नेकपाको ९ सदस्यीय सचिवालयमा शीर्ष नेता थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काइदिएपछि आफू निकट सबै नेतालाई माओवादीमै छोडेर बादलले एमाले रोजेका थिए त्यतिबेला ओलीपछिको बरियता र सहअध्यक्ष पाउने आश्वासन बादलले पाएका थिए ।