एमालेले महाधिवेशन गर्न नपाउने, सरकारले लगायो रोक - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एमालेले महाधिवेशन गर्न नपाउने, सरकारले लगायो रोक



काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन उद्घाटनकै दिनदेखि सरकारले सभा सम्मेलनमा रोक लगाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण यस्तो निर्णय गरिएको बताइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै भनेको छ– कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय, संक्रमक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८ असोज १४ गते १२ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तपसिल बमोजिम गर्न–गराउन सर्वसाधारण सबैको लागि अनुरोध छ ।”

नेकपा एमालेको विधान अधिवेशन भोलिदेखि तीन दिनसम्म गोदावरीमा हुँदैछ । सूचनामा अनावश्यकरुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने उल्लेख गरिएको छ ।

उता नेकपा एमालेले भने आफूहरुले एक महिनाअघि देखि नै तयारी थालेको भन्दै कुनै पनि हालतमा नरोकिने जनाएको छ ।

सो पार्टीका नेता रामबहादुर थापा बादलले सम्मेलनको तयारी पूरा भएको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले जारी गरेको विज्ञप्ति राजनीतिक प्रेरित रहेको प्रतिक्रिया दिए ।

उनले आफूहरुको सम्मेलन कुनै पनि हालतमा नरोकिने बताए ।