एमालेले भन्यो- सभामुखले हामीसँग छुट्टै वार्ता नगरे राम्रो हुँदैन
काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफुहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसंगमात्र सिधै छलफल गर्नुपर्ने बताएका हुन् ।
अरु गठबन्धन दलसंग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उहाको भनाई छ । एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए । एमालेको एजेण्डामा निरुपण गर्ने गरि सरकार र सभामुखले छलफल नै नरहेको भट्टराईको तर्क छ ।
उहाले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसंग आपत्ती रहेको र पार्टी फुटाउन संसद छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा सरकारसंग आपत्ती रहेको उल्लेख गरे ।