रामबहादुर थापा बादलले किन गर्दैछन् पत्रकार सम्मेलन ? - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

रामबहादुर थापा बादलले किन गर्दैछन् पत्रकार सम्मेलन ?



काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विधान महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले आज पत्रकार सम्मेलन गर्दैछन्।

दिउसो २ बजे अल्फा हाउस नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। भोलिदेखि सुरु हुने विधान महाधिवेशनको व्यवस्थापनका विषयमा बादलले पत्रकार सम्मेलनमा जानकारी गराउने छन्।

विधान महाधिवेशन प्रचार उपसमितिका संयोजक खिमलाल भट्टराईका अनुसार पत्रकार सम्मेलनमा विधान महाधिवेशन स्थल गोदावरीसम्म जाने प्रतिनिधिहरुलाई आउजाउको व्यवस्था, खाना र खाजाको प्रबन्ध र अन्य प्राविधिक विषयका बारेमा बादलले स्पष्ट पार्नेछन्।