सर्वदलीय बैठकमा एमालेका कुर्सी खाली
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ । देउवाले संसदमा जारी अवरोध हटाउन बोलाएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बहिस्कार गरेको छ
संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आव्हान गरेका हुन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेको छ ।
बैठकस्थलमा एमाले प्रतिनिधिका लागि छुट्याइएको कुर्सी खाली छन् । देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको साथै सभामुख अग्नि सापकोटा त्यसमा सहयोगी बनेको भन्दै एमालेले सडक र सदनमा निरन्तर विरोध गर्दै आएको छ ।
गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने भन्दैएमालेले बैठक बहिस्कार गरेको छ ।यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो।