महन्थ-राजेन्द्रलाई ठुलो झट्का: प्रभावशाली नेताले त्यागे लोसपा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

महन्थ-राजेन्द्रलाई ठुलो झट्का: प्रभावशाली नेताले त्यागे लोसपा



काठमाडौं- महन्थ ठाकुरको नेतृत्वमा भर्खरै दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई झट्का लागेको छ । लोसपाका प्रभावशाली नेता राजकुमार लेखीले पार्टी परित्यागको घोषणा गरेका छन्।

लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य समेत रहेका लेखीले सबै जिम्मेवारी त्यागेका छन् । आदिवासी जनजाति आन्दोलनबाट स्थापित नेता लेखीले नयाँ राजनीतिक यात्रा सुरु गर्ने भन्दै लोसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

नयाँ दल गठन गरेपनि लोसपालाई लगातार झट्का लागेको छ । लेखीले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भनेपनि त्यसबारे उनले प्रष्ट खुलाएका छैनन् ।

उनी नेपाल आदिबासी जनजाति महासंघका पूर्वअध्यक्ष पनि हुन् ।