देउवाले बोलाएको बैठक एमालेद्वारा बहिस्कार
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । यसअघि सभामुख अग्निप्रसाद प्रसाद सापकोटाले बोलाएको बैठक पनि एमालेले बहिस्कार गरेको थियो ।
एमालेले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सहभागी हुने भएपछि बैठक बहिस्कार गर्ने भएको हो । आफूले अस्तित्व नै अस्वीकार गरेका दलहरु समेत बैठकमा सहभागी हुन लागेको भन्दै एमालेले बैठकमा अनुपस्थिति जनाउने भएको हो ।
संसदमा नेकपा एमाले सँसदमा निरन्तर आन्दोलित रहेको छ । आफ्नो पार्टीको केन्द्रीय कमिटी र सँसदीय दलले कार्वाही गरेका १४ साँसदको कारबाही सदर नगरी सभामुखले असँसदीय गतिविधि गरेको आरोप एमालेले लगाएको छ ।
मुख्य बिपक्षी दलको आवाज नसुनी सँसदमा पेल्ने शैली अपनाएकोमा पनि एमाले आक्रोशित रहेको छ ।एमाले नेताहरुले माधव नेपालसहित १४ साँसदमाथिको कार्बाही सदर वा सभामुखको राजिनामालाई बटमलाइन भन्ने गरेका छन् ।