सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक-पटक पेसी चढ्दै आएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।

सापकोटालाई झलनाथ खनाल प्रधानमन्त्री भएको बेला सन्चारमन्त्री नियुक्त गरिएपछि गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सर्वोच्चमा अर्को रिट पनि परेको थियो ।