जन्डिसको उपचार गर्न थाइल्याण्ड हिँडे वर्षमान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेता पुन बुधबार बिहान बैंकक प्रस्थान गरेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना भएका उनको शरीरमा जण्डिसको मात्रा देखिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकहरुले थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।
उनको साथमा पूर्वसभामुख तथा पुनकी पत्नी ओनसरी घर्ती पनि गएकी छन् । पुन पाँच वर्षयता बैंककमा नियमित उपचार गराइरहेका छन् ।