माधव नेपालको स्वास्थ्यमा समस्या
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ । नेता नेपाललाई ज्वोरो आउने र ज्यान दुख्ने भएको बताइएको छ ।
नेपालसहित उनकी पत्नी गायत्री नेपालको स्वास्थ्यमा समेत समस्या देखिएको बताइएको छ । अहिले माधव नेपाल र उनकी पत्नी होम आइसोलेसनमा बसेको समेत बताइएको छ।
नेता नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले ब्यबस्थापन गरिरहेका छन् ।
कोरोनाको जस्तो लक्षण देखिएकाले उनीहरू आइसोलेसनमा बसेका हुन् ।