उपेन्द्र यादव आफै मन्त्री नबन्ने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

उपेन्द्र यादव आफै मन्त्री नबन्ने



काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएका छन् ।

यसअघि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी यादव सरकारमा सहभागी हुने चर्चा थियो । उनले अरु कसैलाई जसपाबाट सरकारको नेतृत्वमा पठाउने भएका छन् ।

देउवाले उपप्रधानमन्त्री नबनाउने भएपछि यादव ब्याक भएका हुन् । उनी विगतमा उपप्रधानमन्त्री भइसकेका छन् ।

यादव मन्त्री नबन्ने भएपछि जसपाबाट सरकारमा जाँदा नेतृत्व कस्ले गर्छ भन्ने चासो बढेको छ । यादव महेन्द्र राय यादवलाई सरकारको नेतृत्व गराएर पठाउने पक्षमा छन् ।

मन्त्रीका आकांक्षीमा महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, प्रमोद साह, रेणु यादव, राजकिशोर यादव, रेणु गुरुङ, अमृता अग्रहरीलगायत छन् ।