ओलीले बोलाए स्थायी कमिटी बैठक, १० बुँदेमा बृहत् छलफल हुने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीले बोलाए स्थायी कमिटी बैठक, १० बुँदेमा बृहत् छलफल हुने



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक सोमबार बस्नेगरी तयारी गरिएको छ ।

तीन दिनदेखि चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आन्तरिक विवाद निरूपणका लागि गरिएको १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै केही केन्द्रीय सदस्यले असन्तुष्टि पोखेका छन्। यस विषयमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकबाट निरूपण गर्ने आश्वसन दिएका छन्।

सोही आश्वासनअनुसार ओलीले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन्। सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूले यस विषयमा असन्तुष्टि जनाएका थिए। उपाध्यक्ष भीम रावल, भानुभक्त जोशी, झपट रावल, सुरेन्द्र मानन्धर, प्रकाश शाहलगायतले प्रश्न उठाएपछि ओलीले स्थायी कमिटी बैठकबाट निरूपण गर्ने बताएका थिए।

यस विषयमा सोमबारको बैठकमा छलफल हुने बताइएको छ। केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख भट्टराईले १२ गतेसम्म विधान महाधिवेशनका लागि प्रतिनिधि छनोट हुने भएकाले विवाद निरूपण भैसक्ने बताए ।