'संसद विघटन गरेर गल्ती गरेँ भन्नुस' भन्दै ओलीकै अगाडि कड्किए घनश्याम - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

‘संसद विघटन गरेर गल्ती गरेँ भन्नुस’ भन्दै ओलीकै अगाडि कड्किए घनश्याम



नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नुपर्ने प्रस्ताव मौखिक रूपमा पेश गरेका छन् ।

असोज १५ देखि १७ गते काठमाडौँमा हुने विधान महाधिवेशनको तयारीका लागि बसेको बैठकमा भुसालले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर निर्णय गरे धेरै कुरा मिल्ने टिप्पणी गरेका हुन् ।

‘संसद विघटनलाई असंवैधानिक भनेर निर्णय गरौँ, यससँगै पार्टीभित्रका धेरै कुराहरू मिल्छन्,’ भुसालको भनाइ उदृत गर्दै एक केन्द्रीय कमिटी सदस्यले सूत्रन्यूजसँग भने ।
भुसालले प्रतिनिधि सभा विघटन मात्र होइन, जनताको बहुदलीय जनवादको पनि पुनःव्याख्या हुनुपर्ने माग राखेका छन् ।

आज ललितपुरको च्यासलस्थिति तुलसीलाल आमात्य स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा भुसालले ओलीको मौखिक धारणा आएपछि आफ्नो प्रस्ताव मौखिक रूपमै पेश गरेका हुन् ।

ओलीले यसअघि गरिएको दश बुँदे सम्झौता कार्यान्वयन गर्ने विषय पनि बैठकमा उठ्दै आएको छ ।