स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको आग्रह - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको आग्रह



काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा पार्टीको गाउँ र नगर अधिवेशनको सफलताको शुभकामना दिँदै देउवाले अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई अझ बलियो बनाउने बताए ।

उनले कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरूमा आग्रह समेत गरेका छन् ।

देउवाले भनेका छन्, ‘तपाईंरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अधिकांश जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।