आगामी निर्वाचनमा प्रचण्डसँग बादल भिड्ने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

आगामी निर्वाचनमा प्रचण्डसँग बादल भिड्ने



काठमाडौं- नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन्। शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन्।

दुवै नेताकोे गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिड्न्त हुन्छ ? भनी उनलाई प्रश्न सोधिएको थियो।

‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।

उनले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलाएन भएको बताए। नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थि र लोकतन्त्र विरोधी पक्षमा लागेको समेत उनको आरोप छ।