संसद सुरू हुनेबित्तिकै एमाले सांसदले सुरू गरे नाराबाजी - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

संसद सुरू हुनेबित्तिकै एमाले सांसदले सुरू गरे नाराबाजी



काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसहरुले आज पनि संसद सुरू हुनेबित्तिकै नाराबाजी गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ गर्नासाथ एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए।

उनीहरुले संसदीय मर्यादा कायम गर्नुपर्ने,संवैधानिक सर्वोच्चता कायम गर्नुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।

एमालेको नाराबाजीबीच सभामुख सापकोटाले संसदको कारबाही अगाडि बढाएका छन्।