सबैभन्दा बढी कमाउने फुटबलर बने रोनाल्डो: कुन खेलाडीले कति कमाए ? - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

सबैभन्दा बढी कमाउने फुटबलर बने रोनाल्डो: कुन खेलाडीले कति कमाए ?



काठमाडौं- पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन्। यसै सिजन युभेन्टसबाट म्यानचेस्ट युनाइटेड सरुवा भएका रोनाल्डोलाई फोर्ब्सले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा राखेको छ ।

रोनाल्डोले जारी (२०२०/२१) सिजनमा करबाहेक १ सय २५ मिलियन अमेरिकी डलर कमाउने छन् । त्योमध्ये ७० मिलियन तलब र युनाइटेड सरुवाको बोनसको रूपमा पाउनेछन् । मेसीले यो वर्ष १ सय १० मिलियन कमाउने छन् ।

पेरिस सेन्ट जर्मनका उनका सहकर्मी नेइमार र किलियान एम्बाप्पे पनि शीर्ष चारमा परेका छन् ।

यस्ता छन् सर्वाधिक कमाउने फूटबलर:
लियोनेल मेसी ११० मिलियन डलर, नेइमार ९५ मिलियन डलर, किलियान एम्बाप्पे ४३ मिलियन डलर, मोहम्मद सालाह ४१ मिलियन डलर, रोबर्ट लेवान्डोस्की ३५ मिलियन डलर, एन्द्रेस इनिएस्टा ३५ मिलियन डलर, बायर्न म्युनिख ३५ मिलियन डलर, पौल पोग्बा ३४ मिलियन डलर, ग्यारेथ बेल ३२ मिलियन डलर, इडेन हाजार्ड २९ मिलियन डलर