मेयरलाई मुक्का हान्ने युवा एमालेकै अनेरास्ववियू जिल्ला कमिटीका सदस्य - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

मेयरलाई मुक्का हान्ने युवा एमालेकै अनेरास्ववियू जिल्ला कमिटीका सदस्य



बुटवल- बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको खुलेको छ ।सोमबार पहिरो अवलोकन गर्न पुगेका नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई स्थानीयले मुक्का हानेका थिए ।

बिहानै बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो निरीक्षणका लागि गएका सुवेदीमाथि स्थानीय एक युवाले आक्रमण गरेका थिए । पहिरो अवलोकन गरिरहेका सुबेदीलाई ति युवाले पछाडीबाट हतारिंदै आएर मुक्का प्रहार गरेका थिए।

मेयर सुबेदीलाई मुक्का हान्ने युवा ज्योतिनगरकै गणेश पंगेनी रहेको प्रहरीले बताएको छ। उनी नेकपा एमालेकै कार्यकर्ता भएको समेत खुलेको छ। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत छन्। पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत रहेको खुलेको छ।

पंगेनीले एकम महिनादेखि पहिरोले घर पुरिँदा पनि स्थानीय सरकारले चासो नदेखाएको र हार गुहार गर्दा पनि पहिरो व्यवस्थापनमा चासो नदिएका आफू आक्रोशित बनेको बयान दिएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार पंगेनीलाई पक्राउ गरिएको छैन। गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।