लामो समयपछि राष्ट्रपति भेट्न शीतलनिवास पुगे ओली
काठमाडौं- लामो समयपछि राष्ट्रपति विद्यादेवी भण्डारीलिई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न बीच बुधबार राति ओली शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच लामो समयपछि भेटवार्ता भएको छ। स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको बताइएको छ । भेटमा के बिषयमा छलफल भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् ।
राष्ट्रपति र एमाले अध्यक्षबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ।