शंकर पोखरेलविरुद्ध अपहरण सम्बन्धी उजूरी पर्यो, कसुर प्रमाणित भए १० वर्षसम्म कैद हुने - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

शंकर पोखरेलविरुद्ध अपहरण सम्बन्धी उजूरी पर्यो, कसुर प्रमाणित भए १० वर्षसम्म कैद हुने



काठमाडौं- पूर्वमुख्यमन्त्री एवम् एमालेका नेता शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले किटानी जाहेरी दिएकी छन्।

पोखरेल मुख्यमन्त्री रहँदा सांसद वलीलाई दाङबाट गाडीमा ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको भन्दै उनले किटानी जाहेरी दिएकी हुन् । वलीले दिएको जाहेरीमा साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतले अपहरण तथा शरीर बन्धक गराएको भन्दै वलीले जाहेरी दिएकी छन् ।

उनले जाहेरीमा अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको गरेकी छन्। उनले चार जनालाई हदैसम्मको कारबाहीको माग गरेकी छन्। रुपन्देही प्रहरी स्रोतका अनुसार अनुसार वलीले किटानी जाहेरीका लागि पत्र बुझाएकि छन् । रुपन्देही प्रहरीले भने दाङ प्रहरीमा जाहेरी दिन आग्रह गरेको बुझिएको छ ।

यदि अपहरण तथा शरीर बन्धकको कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।