एमाले छोड्ने बाटो खुला, सर्वोच्चले दियो सांसदलाई कारबाही गर्न नपाउने आदेश
काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टीमा जाने सांसदहरूको लागि बाटो खुल्ला गरेको छ । सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले हालेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सांसदहरू पाण्डे र भट्टको रिटमा सुनुवाई गर्दै नेकपा एस रोज्न पाउने गरि अन्तरिम आदेश दिएको हो । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो अदोश दिएको हो ।
नेकपा एस गठन गरेसँगै पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए ।
अदालतले निवेदकले नेकपा एसमा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमाा निवदेन गरि दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही गर्न नगराउन आदेश अन्तरिम आदेश दिएको हो ।
पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने भट्ट राष्ट्रियसभा सदस्य हुन् । अब प्रतिनिधिसभामा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ ।