कांग्रेसकै नेताले किन गरे देशमा गम्भीर मुठभेड हुने संकेत ? - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

कांग्रेसकै नेताले किन गरे देशमा गम्भीर मुठभेड हुने संकेत ?



काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले देश गंभीर मोडतर्फ गएको संकेत गरेका छन् । नेता आचार्यले देश गम्भीर राजनीतिक मुठभेड तर्फ गइरहेको भन्दै यसलाई रोक्न संवाद र छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जे गल्ती गरे त्यहि गल्ती दोहोर्याउने छुट देउवालाई नभएको भन्दै उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती नदोहोर्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

नेता आचार्यले दिग्भ्रमित कम्युनिष्ट नेतृत्व र पार्टीको निशानामा संविधान र संसदीय लोकतन्त्र परेकाले यसलाई बचाउन प्रधानमन्त्री देउवाले विशेष पहल गर्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यु, देश गंभीर राजनीतिक मुठभेड तर्फ जादैंछ, यसलाई रोक्न कृपया इमानदार संवाद र छलफल तत्काल प्रारम्भ गर्नुहोस। जस्ता गल्ती पुर्व प्रम ओलीले गर्नु भयो, तिनै गल्ती नदोहोर्याउनु होस। दिग्भ्रमित कम्युनिष्ट नेतृत्व र पार्टीको निशानामा परेको छ हाम्रो संविधान र संसदीय लोकतन्त्र । विधीको बेवास्ता र विकृत सत्ता राजनीतिमा हाम्रै आचरणले पनि संकट गहिरिदैं जान सक्छ । प्रधानमन्त्रीको भुमिकामा तपाईं संसदको नेता हो, त्यसैले संविधान र संसदीय प्रणालीको मर्यादाको प्रतिरक्षा गर्न प्रतिपक्षसंग संवाद र संवादबाटै परिणाम प्राप्त गर्ने प्रकृयाको प्रारम्भ गर्नुहोस ।’