सभामुख सापकोटाले डाके सर्वदलीय बैठक - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सभामुख सापकोटाले डाके सर्वदलीय बैठक



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक डाकेका छन् । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

“संसदको गतिरोध अन्त्यका लागि सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, “भोलि दिउँसो २ बजे ल्होत्से हलमा बैठक राख्नुभएको छ ।”

संसद्मा एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।