देउवाको प्रतिक्रिया: मलाई थाहा छैन, ओलीलाई सोध्नुहोस् - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

देउवाको प्रतिक्रिया: मलाई थाहा छैन, ओलीलाई सोध्नुहोस्



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद कसरी चल्छ भन्ने बिषयमा केपी शर्मा ओलीलाई प्रश्न गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर निस्किएका देउवाले यस्तो आग्रह गरेका हुन्।

प्रतिनिधिसभाको बैठक बेरोकटोक चल्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न प्रधानमन्त्री देउवाले बताएका थिए । प्रतिनिधिसभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूले उनलाई प्रश्न गरेका थिए ।

आइतबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले– ‘प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधामन्त्री शेरबहादुर देउवाले – ‘ओलीजीलाई सोध्नुहोला’ भनेर संक्षिप्त प्रतिक्रिया दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका थिए । प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ गते मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको छ ।