बैठक सुरु हुने बित्तिकै एमालेको नाराबाजी र विरोध सुरु - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बैठक सुरु हुने बित्तिकै एमालेको नाराबाजी र विरोध सुरु



काठमाडौँ– प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको बैठक सुरु हुने बित्तिकै नाराबाजी र विरोध सुरु गरेको छ।

भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्दैछ।

पहिलो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधबीच टेबल गरेको उक्त विधेयक आइतबार पारित गर्ने सम्भावना छ।

शुक्रबार भएको बैठकमा एमालेकै अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश २०७८ सँगै राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ समेत प्रस्तुत गर्न लगाएका थिए।

संसदमा घम्साघम्सीको अवस्था हुँदाहुँदै सभामुख सापकोटाले ती विधेयक निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए। सोही विधिअनुसार आइतबारको बैठकमा प्रस्तुत हुने अन्य विधेयकसमेत पारित गर्दै अघि बढ्ने सभामुखको तयारी रहेको छ।