एमाले अर्घाखाँची काठमाडौँ मञ्च नेकपा (एस)मा समाहित - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एमाले अर्घाखाँची काठमाडौँ मञ्च नेकपा (एस)मा समाहित



काठमाडौँ । नेकपा एमाले अर्घाखाँची काठमाडौँ एकीकृत समाजवादीमा रुपान्तरण भएको छ ।

अर्घाखाँची-काठमाडौँ सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी ( नेकपा एमाले समाजवादी ) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा रुपान्तरण भएको हो ।

नारायण श्रेष्ठ संयोजक र रुपकुमार क्षेत्री सह संयोजक रहेको सम्पर्क कमिटी मा ६१ सदस्य ,मालारानिको अनिल खनाल संयोजक टंक चौहान सह संयोजक (३१ सदस्यीय कमिटी) भुमिकास्थानमा सुभाष भट्टराई संयोजक(३१ सदस्यीय कमिटि) पाणिनी घनश्याम पोख्रेल संयोजक सागर भट्टराई सह संयोजक (३१ सदस्यीय कमिटी) सितगंगा मिलन विक संयोजक(३१ सदस्यीय कमिटी) रहेका छन् ।

यस्तै अनेरास्ववियूको हिमाला थापा संयोजक सुशील खनाल सहसंयोजक(३१ सदस्यीय कमिटी) युवासंघको रोशन ज्ञवाली संयोजक बिनोद कुँवर सह संयोजक(३१ सदस्यीय कमिटी) रहेका छन् । बाँकी रहेका पालिकालाइ चाडै पुर्णता दिने र दशैं अगावै सम्पुर्ण कमिटीको भेला सम्पन्न गर्ने निर्णय सहित भेला सम्पन्न भएको सम्पर्क मञ्चमा सदस्य आकाश खनालले जानकारी दिएका छन् ।

आजको भेलाले पुरानो ३१ कमिटिलाइ समाजवादीमा रुपान्तरणको साथै ३० जना नया सदस्य सम्पर्क मञ्चमा थपेको छ। साथै सम्पुर्ण पालिका युवा र विद्यार्थीको सम्पर्क कमिटीलाई पनि पुनर्गठन गरेको छ ।