सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुल्यो
काठमाडौं- सरकारलाई प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने बाटो खुलेको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधकाबीच शुक्रबार संसद बैठकबाट बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएपछि सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुलेको हो ।
सरकारले बजेट खर्चका लागि ३० भदौसम्म प्रतिस्थापन विधेयक पारित गर्नुपर्नेछ । संसदको अघिल्लो अधिवेशनमा अध्यादेश प्रस्तुत भएको थियो । ६० दिनभित्र सदनबाट प्रतिस्थापन विधेयक पारित नभएमा स्वत: खारेज हुने व्यवस्था छ ।
प्रतिपक्षीको नाराबाजीका बीच सरकारले पेस गरेका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश संसद बैठकले बहुमतले स्वीकृत गरेको थियो ।