संसदमै उठ्यो एमसीसीको मुद्दा, तत्काल खारेज गर्न माग - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

संसदमै उठ्यो एमसीसीको मुद्दा, तत्काल खारेज गर्न माग



काठमाडौं- शुक्रबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले एमसिसीको चर्को आलोचना गरेका छन् । उनले अहिले देशमा भइरहेको भ्रष्टाचार रोकियो भने एमसिसी जस्तो अनुदान नै नचाहिने उनले बताएका छन् ।

सुवालले अहिले भ्रष्टाचारलाई रोक्दा एमसिसी रोकिन सक्ने बताएका हुन् । उनले एमसिसीको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा गृह प्रशासनले लाठी चार्ज गरेको र यसले थप नराम्रो भएको पनि बताएका छन् ।

‘हामीले शान्तिपूर्ण प्रदर्शन गर्न पनि नपाउने यो के राणा शासन हो, पन्चायत हो ?’ सुवालले प्रश्न गरेका छन् । उनले यी विषयमा कुरा राख्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले उनको माइक काटिदिए ।