कांग्रेस महाधिवेशनमा चरम लफडा: निर्वाचन प्रमुखले नै दिए राजीनामा - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

कांग्रेस महाधिवेशनमा चरम लफडा: निर्वाचन प्रमुखले नै दिए राजीनामा



काठमाडौं- नेपाली कांग्रेसको आसाममा १४ औँ महाधिवेशनमा चरम लफडा देखिएको छ । नेपाली काँग्रेस महाधिवेशनका निर्वाचन प्रमुखले समेत एकाएक राजीनामा दिएपछि थप विवाद अगाडी आएको छ ।

निर्वाचन प्रमुख महादेव यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका हुन् । प्रमुख यादवको राजीनामा सँगै काँग्रेसको महाधिवेशन के हुने भन्ने अन्योल भएको छ ।

काँग्रेस स्रोतका अनुसार यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् । यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएको विषयले कांग्रेसमा अहिले अर्को तनाव सुरू भएको छ ।

काँग्रेसकै एक नेताका अनुसार निर्वाचन प्रमुख यादवको राजीनामा सामान्य विषय होइन, यो चानचुने कुरा होइन । उनका अनुसार अब महाधिवेशन नै हुने कि नहुनेभन्ने अन्यौलता पैदा भएको छ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा देखिएको विवादका कारण यादवले राजीनामा दिएका हुन् । देउवाले एकलौटी रूपमा आफ्नो जिल्लामा सुरक्षाकर्मी खटाएर अधिवेशन गराउन खोजेका थिए ।

‘सभापति देउवाको गृह जिल्लामा देखिएको विवाद र त्यो विवाद समाधानका लागि दिइएको दबाबका कारण उहाँको राजीनामा आएको हो,’ स्रोतले भन्यो ‘सभापति ज्यूकै गृह जिल्लाको विवादका कारण आएको राजीनामाले काँग्रेसका बाँकी अधिवेशन प्रभावित हुने देखियो ।’ यद्यपि काँग्रेसको केन्द्रीय कार्यालयले भने यादवको राजीनामाको पुष्टि गरिसकेको छैन ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।

अब जिल्लामा नगर, क्षेत्र सँगै जिल्ला अधिवेशन बाँकी छन् । वडा अधिवेशन सम्पन्न भएसँगै काँग्रेस नेताहरु नगर, क्षेत्र, तथा जिल्ला अधिवेशनको तयारीमा सक्रिय रहेका छन् । तर निर्वाचन प्रमुखकै राजीनामा आइसकेकाले बाँकी अधिवेशनको अनिश्चितता बढेको छ ।