फतिमासँग जसपाका शीर्ष नेताले भने: दलहरुबीच सहमतिपछि निर्णय लिन्छौँ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

फतिमासँग जसपाका शीर्ष नेताले भने: दलहरुबीच सहमतिपछि निर्णय लिन्छौँ



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी टोलीलाई प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको छ।

नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलपछि जसपा संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गरेर प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जानकारी दिएका छन्।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल, प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी’, भट्टराईले लेखेका छन्। छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए।