एमालेले बोलायो स्थायी कमिटी बैठक: यस्ता छन् एजेण्डा
काठमाडौं- एमसीसी, संसद र विधान महाधिवेशनबारे छलफल गर्न नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ ।
शुक्रबार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
चालु संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न, एमसीसीको टोलीसँग भएको भेटबारे छलफल गर्न र विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
सभामुखले एमाले विभाजनमा सहयोग पुग्नेगरी काम गरेको भन्दै एमाले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।