गठबन्धन फुट्ने डरले तत्काल मन्त्रिमण्डल विस्तारको तयारी - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

गठबन्धन फुट्ने डरले तत्काल मन्त्रिमण्डल विस्तारको तयारी



काठमाडौं । सत्ता गठबन्धनमा समस्या आउन लागेपछि मन्त्रिमण्ड विस्तारको तयारी गरिएको छ । गठबन्धनका नेताहरूबीच बिहीबार भएको छलफलमा दुई दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरिएको छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । एक/दुई दिनमा मन्त्रिपरिषद विस्तार गर्नेबारे सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच बिहीबार समझदारी बनेको छ।

बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि थिए ।

बैठकमा उपस्थित एक नेताका अनुसार मन्त्रिपरिषदलाई एक/दुई दिनमा पूर्णता दिनेबारे छलफल भएको हो । प्रधानमन्त्री देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए ।