सर्वोच्चले आयोगसँग माग्यो लिखित जवाफ, ओलीको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । प्रधानन्यायायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको छ ।
पार्टीले कारबाही गरेका संघीय संसदका १४ जना र लुम्बिनी प्रदेशका २ जनालाई पदमुक्त नगरेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमा अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई भदौ २८ गते झिकाउन सर्वोच्चले आदेश दिएको हो ।
त्यस्तै एकीकृत समाजवादीको दर्ता गैरकानुनी रहेको भन्दै बदरको मागसहित निर्वाचन आयोगकविरुद्ध दर्ता भएको रिटमा लिखित जवाफ मागिएको छ । १५ दिनभित्र जवाफ दिन निर्वाचन आयोगलाई आदेश दिइएको छ ।
एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै संघ र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध रिट दायर गरेको थियो। ओलीको रिटमा रमेश बडाल, बाबुराम दाहाललगायतले बहस गरेका थिए ।
त्यस्तै एकीकृत समाजावदीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोग विरुद्धको रिटमा लिखित जवाफ मागेको छ । राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो । आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।