पहिलो ओभरमै सन्दीपले लिए अर्को विकेट - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

पहिलो ओभरमै सन्दीपले लिए अर्को विकेट



काठमाडौं- एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा पपुआ न्युगिनी दवावमा परेको छ । खेलमा आफ्नो ओभरमा उत्रेका सन्दीप लामिछानेले अर्को विकेट लिएका छन् । अहिले पहिला फिल्डिङ गरिरहेको नेपालले दबाबपूर्ण प्रदर्शन गरेको छ।

ओमानको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पपुआ न्युगिनीले १३ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको छ। टोनी उरा १ र कप्तान असाद भाला ४ रनमा आउट भए। दुवै विकेट विक्रम सोबले हात पारेका हुन्।

तेस्रो विकेटका रुपमा सन्दीप लामिछानेले चार्लेस अमिनीलाई आउट गरे। अमिनीले २३ रन जोडे। अमिनीले लेगा सिआकासँग तेस्रो विकेटका लागि ५० रनको साझे‍दारी गरेका थिए। सन्दीप आफ्नो पहिलो ओभर लिएर १२ औ‍ँ ओभरमा आएका थिए। १३ औँ ओभरमा कुशल मल्लले सिआकालाई व्यक्तिगत ३० रनमा आउट गरे।