ओलीले बोलाए दलको बैठक: के छन् एजेण्डा ?
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्लेयक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले भोलि (बुधबार) बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको बताइएको छ ।
बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा सरकारका पछिल्ला कदमबारे पनि छलफल हुने बताइएको छ ।