ओलीको रिट जबराको इजलासमा - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

ओलीको रिट जबराको इजलासमा



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेशीमा चढेको छ।

नेकपा(एकीकृत समाजवादी) को दर्ता अवैधानिक रहेको भन्दै उनले दायर गरेको रिट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको एकल इजलासमा पेशी चढेको हो।

गैरकानुनी रूपमा एमाले विभाजन गरेर नेकपा(एकीकृत समाजवादी) लाई मान्यता दिइएको भन्दै रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। एमालेले कारबाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानुनी रहेको रिटमा दाबी गरिएको छ।