एमालेले भन्यो: योगेश भट्टराईलाई एमालेमा कुनै जिम्मेवारी दिइएको छैन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एमालेले भन्यो: योगेश भट्टराईलाई एमालेमा कुनै जिम्मेवारी दिइएको छैन



काठमाडौं । नेकपा एमालेले पार्टीक्क नेता योगेश भट्टराईलाई एमालेमा कुनै जिम्मेवारी नदिएको बताएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको प्रवक्ता यागेश कुमार भट्टराई नभएको र अहिले कुनै जिम्मेवारी नदिएको प्रष्टिकरण दिएका छन् ।

माधव कुमार नेपाल छोडेको समयबाटै प्रवक्ताको जिम्मा फर्किएको भनिएपनि प्रवक्ताको काम प्रदीपकुमार ज्ञवालीले गरेपछि भइरहेको संशयवीच तामाङले उक्त कुरा बताएका हुन् ।

एमालेको प्रचार विभाग प्रमुख र प्रवक्ता दुबैमा ज्ञवाली भएकाले सचिव योगेशकुमार भट्टराईलाई तत्काल कुनै जिम्मेवारी नदिइएको तामाङको भनाइ छ।

‘पार्टीको निर्णय वा अध्यक्षले हस्ताक्षर गरेर योगेश कमरेडलाई दिम्मेवारी दिइएको छैन। पार्टीले प्रदीप कमरेडलाई प्रचार विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको छ’ उनले भने ।

एमालेको आन्तरिक विवादका बेला माधव कुमार नेपालको पक्षमा रहेर विभाजनका बेला पार्टी एकता रोजेका तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरी पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने बताउँदै आएका छन्।

जेठ २ को अवस्थामा फर्किदा प्रवक्तामा भट्टराई नै थिए । तर अहिले उनले त्यो जिम्मेवारी पाएका छैनन् ।