ओलीले संसद विघटन गरेर ठिक गरेका थिए: शंकर पोखरेल - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

ओलीले संसद विघटन गरेर ठिक गरेका थिए: शंकर पोखरेल



दाङ- नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्ररेलले नेकपा एमालेभित्रका केही नेतालाई कुर्सीको लोभले सरकार ढालेको बताएका छन् । उनले पार्टीभित्रैबाट नेताहरू कुर्सीको लोभमा पर्दा एमाले विभाजनको अवस्थासम्म पुगेको बताए ।

पार्टी बनायौं भन्नेहरूकै असहयोगले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको आरोप लगाए । ‘पार्टी फुटाएर उहाँहरूले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गरिराख्नु भएको छ । सरकारले पनि एमाले र जसपा फुटाउनकै लागि अध्यादेश ल्यायो । तर, यो अध्यादेश लामो समयसम्म टिक्दैन । र, टिक्यो भने पनि स्वयं कांग्रेस र माओवादी केन्द्रलाई समेत हानी गर्छ,’ उनले भने ।

राजनीतिक स्वार्थ र एमाले टुक्राउन गरिएको षडयन्त धेरै लामो समय नटिक्ने नेता पोखरेलको दाबी छ । जनता र संसदबाट प्रधानमन्त्री बन्ने प्रावधान विपरित परमादेशबाट बनेको सरकारले जनताको हितमा कुनै काम नगर्ने ठोकुवा समेत गरे । ओलीले ताजा जनादेशका लागि गरेका प्रयासहरू राम्रा भए पनि परमादेश बाधक बनेको नले बताए ।

देउवा सरकारले एमाले फुटाएर आफूले राज गर्न खोजेको उनको आरोप छ । ‘एमाले मात्रै फुट्दैन । दल सम्बन्धी अध्यादेशलेनिकट भविष्यमा कांग्रेस र माओवादीलाई पनि असर गर्ने छ’, उनले भने ।