बागमती प्रदेशमा नेकपा (एस)मा लाग्नेको संख्या बढ्यो
काठमाडौं- बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले संख्या बढाएको छ । नेकपा एमालेकी बाग्मती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवाली एकीकृत समाजवादीतिर लागेकी छन् ।
हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर ज्ञवालीले भर्खरै नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । योसँगै बाग्मतीमा नेकपा एस थप बलियो भएको छ ।
यसअघि प्रदेशसभाका १२ जना माननीयले नेकपा एसको पक्षमा सनाखत गरेका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका ५६ जना सांसद थिए । मीनासहित १३ जना नेकपा एसतिर लागेपछि एमालेसँग अब ४३ जना बाँकी रहेका छन् ।
नेकपा एस रोजेकी मीना एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) का अध्यक्ष रुद्र नेपालकी श्रीमती हुन् । रुद्र आज बोलाइएको सङ्गठनको भेलामा गएनन् ।