सत्ता गठबन्धनकै भ्रातृ संगठनले जलाए मोदीको पुत्ला - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

सत्ता गठबन्धनकै भ्रातृ संगठनले जलाए मोदीको पुत्ला



काठमाडौँ- दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागि रहेका बेला सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन नै विरोधमा उत्रिएको छ ।

नेकपा (एस)को विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा मोदीको पुत्ला दहन गरेको हो । भारतीय हेलिकोप्टरहरू अनुमतिबिनै पटक-पटक दार्चुलामा प्रवेश गरेको समाचार आएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा बेपत्ता रहेका जयसिंह धामीले न्याय पाउनु पर्ने माग गरेका थिए । त्यसैगरी भारतीय विस्तारवाद मुर्दावाद, भारतीय हस्तप बन्द गरलगायत भारतविरोधी नारा लगाएका थिए ।