एमालेमा फेरि खटपट भएपछि ओली जाने कार्यक्रम एकाएक रद्द - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एमालेमा फेरि खटपट भएपछि ओली जाने कार्यक्रम एकाएक रद्द



काठमाडौं- नेकपा एमालेमा फेरि खटपट भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू जाने कार्यक्रम एकाएक रद्द गरेका छन् ।

ओली सहभागी हुने भनेर प्रचार गरिएको एमालेनिकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघको भेलामा जाने कार्यक्रम ओलीले एकाएक रद्द गरेका हुन् ।

मध्लेयमार्गी भनेर चिनिएका दोस्रो तहका तेस्रो धारका नेताहरुले आपत्ति जनाएपछि ओली कानुन व्यवसायी संघको भेला सहभागी नभएका हुन्।

पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरीत बैठक बोलाइएको भन्दै तेस्रो धारका नेताहरुले कानुन व्यवसायी संघको भेलामा नजान आग्रह गरेका थिए। शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो।

कानुन व्यवसायी संघका इन्चार्ज समेत रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए।