अर्घाखाँचीमा निर्वाचित उपाध्यक्षसहितको टोली एकीकृत समाजवादीमा
अर्घाखाँची- निर्वाचन आयोगले छुट्याएको अन्तिम मिति नजिकिँदै जाँदा देशभर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुल्ने क्रम जारी छ ।
यस्तै अर्घाखाँची जिल्लामा पनि एमाले नेताहरू जिल्ला निर्वाचन कार्यलय पुगेर सनाखत गरेका छन् । सनाखतको दोस्रो दिन थप नेताहरू निर्वाचन कार्यलय पुगेका छन् ।
जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीमा शुक्रबार नेकपा एमाले निकट अनेमसंघकी वरिस्ठ उपाध्यक्ष तथा पाणिनि गाउँपालिकाबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम, एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन विभाग सदस्य तथा पाणिनि गाउँपालिका वडा न ३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल, एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वडा न १ की महिला सदस्य शुमित्रा मुखिया लगायतले आफू नेकपा (एकीकृत समाजबादी) मा रहेको ब्यहोरा सहित सहित सनाखत गरेका छन्।
बाँकी नेता र जनप्रतिनिधिहरू पनि खुल्ने तर आइतबार सनाखत गर्ने समाजवादी पार्टी निकट आकाश खनालले जानकारी दिए ।