भारतीय हेलिकप्टरबारे भीम रावलले उठाए सरकारमाथि गम्भीर प्रश्न - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

भारतीय हेलिकप्टरबारे भीम रावलले उठाए सरकारमाथि गम्भीर प्रश्न



काठमाडौं- दार्चुलामा भारतीय हेलिकप्टरले निरन्तर निगरानी गरेको समाचारपछि नेकपा एमालेका नेता भीम रावलले सरकारमाथि प्रश्न उठाएका छन् ।

नेता रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको भन्दैआपत्ति जनाएका हुन् ।

रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको कुरा सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न समेत गरेका छन् । रावलले भनेका छन् : ‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो ?’

सुरक्षा संवेदनशीलताबारे प्रश्न गर्दै रावलले भनेका छन् : ‘गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबण्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’