पर्साका उद्योगी व्यवसायीहरू माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पर्साका उद्योगी व्यवसायीहरू माओवादी केन्द्रमा प्रवेश



काठमाडौं- पर्साका उद्योगी व्यवसायी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई बुधबार दिउँसो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले खादा ओढाएर स्वागत गरेका हुन् ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरे । पार्टी प्रवेश गर्नेहरूमा होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, वरिष्ठ उपाध्यक्ष विद्यालाल साह, उपाध्यक्ष छविलाल उप्रेती, कोषाध्यक्ष दलबहादुर किङरिङ र सदस्य कनहिया अग्रवाल छन् ।

सो अवसरमा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज उर्मिला अर्याल, प्रदेश सदस्य तथा जिल्ला संयोजक विजय महतो, प्रदेश सदस्यहरु रामदरश कुशवाह, बालेश्वर थारु, वीरगंज महानगर पालिकाका इन्चार्ज रहबर अन्सारी, जिल्ला सदस्यहरु सगिर अलाम, प्रभाकर गुप्ता लगायतका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।