सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै एमाले - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै एमाले



काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ । एमाले विभाजनमा सहयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख र आयोगप्रति रुष्ट बनेका थिए ।

एमाले सचेतक विशाल भट्टराईका अनुसार आज अपराह्नसम्ममा अदालत पुग्ने गरी तयारी एमालेले तयारी गरिरहेको छ । एमालेको केन्द्रीय कमिटी बैठकले नै सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत जान लागेको हो ।

त्यस्तै, निर्वाचन आयोगले कारबाहीमा परेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो । उक्त निर्णय विवादास्पद भन्दै एमाले अदालत जाँदै छ ।