देउवाले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय गर्ने संकेत
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले बुधबार अपरान्ह मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाले बुधबार अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको जनाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने जानकारी दिइएको छ ।
नियमित एजेन्डा भनीपनि आजको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाउने चर्चा चलिरहेका बेला देउवाले बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ५० दिन पुग्दापनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेका छैनन् । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सक्रियता बढाइरहेका छन् ।
अहिले नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहति तीन र माओवादी केन्द्रका दुई जना मन्त्री छन् ।