दार्चुला घटनामा भारतीय सुरक्षाकर्मी नै दोषी भएको छानबिन समितिको निष्कर्ष
काठमाडौं- दार्चुला तुइन प्रकरणमा भारतीय एसएसबी दोषी रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको निष्कर्षसहित छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ।
उक्त घटनाबारे बुझाएको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीकै उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारिस गरेको छ। यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिको सिफारिस छ।
आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ। यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिको सिफारिस छ। आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।
दार्चुलाको ब्याँस गाउँपालिका २ खाङदाङ मालका जयसिंह धामी सोही गाउँपालिकास्थित मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए। तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका उनी अझै फेला परेका छैनन्।
साउन १५ गते भएको घटना छानबिनका लागि गृह मन्त्रालयले १७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले मंगलबार प्रतिवेदन बुझाएको हो।