सनाखतका लागि हिँडेका नेकपा (एस)का तीन सांसद बाटैमा गायव - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

सनाखतका लागि हिँडेका नेकपा (एस)का तीन सांसद बाटैमा गायव



काठमाडौं- निर्वाचन आयोगमा सनाखतका लागि हिँडेका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का तीन सांसद बाटैमा गायव भएका छन्।

नेकपा एकीकृत समाजवादीमा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका तीन सांसद आधि बाटोबाट सम्पर्कविहीन भएका हुन्।

एकीकृत समाजवादीका लागि सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदै गर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन्।

बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएका थिए। कुलवीर चौधरी केही समयपछि सम्पर्कमा आएका हुन्।

चौधरी भने सम्पर्कमा आएर निर्वाचन कार्यालय पुगिसकेको बताइएको छ । अन्य दुई सांसदको खोजी भइरहेको बताइएको छ।